तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार सतीश चापागाईंको शब्दमा परदेशी २ को गीत सार्वजानिक(भिडियो )

काठमाडौँ।नेपाली चलचित्र परदेशी २ को नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।गीतकार सतीश चापागाईको शब्दमा रहेको ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीतको भिडियो म्युजिक नेपाल युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको हो ।

निर्देशक नारायण रायमाझीद्धारा निर्देशित चलचित्र परदेशी २ मा समावेश उक्त गीतमा प्रशान्त तामाङको स्वर रहेको छ भने विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ ।

गीतकार चापागाईंको शब्दमा रहेको गीतको भिडियोमा प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतका कलाकारको अभिनय रहेको छ ।घर परिवारदेखि टाढा रहेका परदेशीले भोग्नुपरेका पिडा गीतको भिडियोमा देख्न सकिन्छ ।


३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाईंका यसअघि पनि विभिन्न कविता तथा गीतहरु आइसकेका छन् ।विगत १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका चापागाईं नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button