२ करोड मूल्य पर्ने जग्गा चौकी र वडा कार्यालयका लागि दान
बारा I महागढीमाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहले २ करोड मूल्य पर्ने जग्गा दान गर्नुभएको छ ।
अस्थायी प्रहरी चौकी तेलकुवाका लागि १ कट्टा, वडा नम्बर ७ को कार्यालयका लागि पनि १ कट्टा र तेलकुवामा दलित समुदाय मुसहर जातीका लागि धर्मशाला निर्माणका लागि ३ धुर जग्गा प्रदान गर्नुभएको हो ।
समाजसेवामा निरन्तर समर्पित वडा अध्यक्ष सिंहले गाउँ समाजमा मात्र नभई अन्य ठाँउहरुमा समेत सेवाको भावनाले जागृत हुँदै दिनदुखीहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, वडा कार्यालयबाट सहज र सुलभ रूपमा छिटो छरितो रूपमा सेवा प्रवाह गर्नका लागि र विपन्न वर्गको पहुँचका हेतुले धर्मशाला निर्माणमा आफूले जग्गा दान गरेको वडाध्यक्ष सिंहले जानकारी दिनुभयो ।
दलित धर्मशाला आफैले निर्माण गराएको हो भने वडा कार्यालय र प्रहरी चौकी सरकार, अन्य दातृ निकायको सहयोगमा निर्माण कार्य सम्पन्न भई सेवा प्रवाहसमेत भइरहेको वडाध्यक्ष सिंहले जानकारी दिनुभयो ।
त्यति मात्र नभई वडाध्यक्ष सिंहले विकासलाई पनि उतिकै प्राथमिकता दिँदै सिचाइका लागि डिप बोरिङ्ग, स्वच्छ साफा खानेपानीको लागि पानी टङ्की निर्माण ,प्रहरी चौकीमा रंगरोगन, झ्यालढोका निर्माण, प्लास्टर समेत गर्नुको साथसाथै मुसहर समुदायका लागि तेलकुवामा दलित धर्मशाला निर्माण, अधुरो बाटो निर्माण कार्यालयमा बाईफाई जडान, लगायतका कामहरू गरेको बताउँदै वडालाई नमुना वडाको रूपमा विकास गर्ने लक्ष्यअनुरूप काम अगाडी बढाएको उहाँ बताउनुभयो ।
गरिब, दलित एवम् विपन्न वर्गका ब्यतिहरुलाई जाडो छल्नका लागि आफ्नो पहलमा नेपाल प्रहरी श्रीमती सङ्घ केन्द्रबाट पहल गरी कम्बल वितरण गराउनुको साथसाथै किसानहरूका लागि निःशुल्क स्प्रेटंकी र ५० प्रतिशत अनुदानमा मोटर पहिलो फेजमा ४२ जना किसानहरूलाई प्रदान गरेको भन्दै वडाध्यक्ष सिंहले यसलाई अभियानकै रूपमा वडाभरिका किसानहरूलाई ती समाग्र्रीहरु प्रदान गर्ने लक्ष्य राखेको भन्नुभयो ।
शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी त्यही अनुरूप सेवा प्रदान गर्ने उद्देश्यका साथ अगाडी बढिरहेको वडाध्यक्ष सिंहले भन्नुभयो ।
जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित वडाध्यक्ष सिंह जनमुखी, विकास प्रेमी जनप्रतिनिधिको रूपमा परिचित रहनु भएको छ । वडामा १ हजार घरधुरी रहेको छ भने सिसहनिया, तेलकुवा, वेनौली र तेलगाई गरी ४ वटा टोल रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्