संविधान दिवसको अवसरमा चितवन कारागारका १९ कैदीलाई सजाय छुट
काठमाडौँ । संविधान दिवसको अवसरमा चितवन कारागारका दुई महिला कैदीसहित १९ कैदीबन्दीले कैद मिनाहा पाएका छन् । ५० प्रतिशत कैद भुक्तानी गरिसकेका र आचरणमा सुधार आएका कैदीबन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद सजाय छुट दिएका हुन् ।
चितवन कारागारका प्रमुख कमल आचार्यका अनुसार कैद सजाय छुट पाउनेहरूमा अधिकांश सवारी ज्यान मुद्दाका कैदी रहेका छन् । सवारी ज्यानको १०, चोरीको ४, बहुविवाहको २, खोटा मुद्राको १, कर्तव्य ज्यानको १ र अवैध वनपैदावार सम्बन्धि मुद्दाको एक जना कैदीले कैद छुट पाएको उहाँले जानकारी दिनुभयो । कैद छुट पाएका कैदीबन्दीहरु कागजपत्र तयार भएपछि आजै रिहा हुने उहाँले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्