संविधान दिवसमा भेरी अस्पतालका २०० बढी बिरामीलाई फलफूल वितरण

बाँके । संविधान दिवसलाई उत्सवको रुपमा पनि लिने गरिएको छ। संविधान दिवसको अवसरमा आज नेपालगञ्जस्थित भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले आज भेरी अस्पतालमा उपचाररत २०० बढी बिरामीलाई फलफूल वितरण गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा फलफूल वितरण गरेको हो ।
फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकाङ्क्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास ब्यक्त गर्नुभयो । संविधानको अक्षरशः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उहाँहरूको भनाई छ ।

फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायत उपस्थित हुनुभएको थियो । उहाँहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित परिवारजनलाई हौसला समेत प्रदान गर्नु भएको थियो।
प्रतिक्रिया राख्नुहोस्