अन्धविश्वास र परम्परागत सोचका कारण नयाँ आविष्कार अगाडि बढ्न सकेनन्
काठमाडौँ । नेपालमा अध्यात्मले विज्ञान विमर्शलाई ओझेलमा पारेको सरोकारवालाले बताएका छन् । ११ औ विज्ञान दिवसका अवसरमा सोच नेपाल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौँमा सम्पन्न छलफलमा सहभागीले विज्ञानले ठूला आविष्कारमाथि अन्धविश्वास र परम्परागत सोचले गाँजेकाले विकासोन्मुख मूलकहरू नयाँ आविष्कारमा अगाडि बढ्न नसकेको विचार व्यक्त गरे ।
छलफलमा सेच नेपालका अध्यक्षमा डा. दामोदर पुडासैनीले हाम्रा पुर्खाहरू आविष्कारक रहेको बताउँदै नयाँ खोजतर्फ अहिलेका पुस्ता लाग्न नसकेको बताउनुभयो । पूर्व सचिवसमेत रहनुभएका पुडासैनीले विश्वमा विज्ञानले चमत्कार गरिसक्दा पनि नेपालमा आविष्कारका नयाँ उपलब्धि हुन नसकेको बताउनुभयो । छलफलमा लेखक तथा महिला अधिकारकर्मी सीता ओझाले नेपालमा विज्ञानबारे सामान्य प्रस्तुति गर्नुभयो ।
छलफलमा भाग लिँदै लेखक रामदेव पाण्डे, राजनीतिज्ञ जेपी नेपाल, राधादेवी पाण्डे डा. शैलेन्दु प्रकाश नेपाल, अश्विनी कोइराला उत्तम भेटुवाल, सञ्जय पन्थी, सीताराम घले, एलिष्टा सुवेदीलगायतले नयाँ पुस्ताले विश्वमा विज्ञानका उपलब्धिबारे विमर्श गरी नयाँ आविष्कारतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्