तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशलाई

पोखरा । घरेलु टिम गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखराको लामाचौरमा मङ्गलवार सम्पन्न भएको फाइनल खेलमा पुलिसलाई गण्डकीले ३—२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

गण्डकीले पुलिस माथि २५–२३, १९–२५, २१–२५, २८–२६ र १५–११ को सेटमा पराजित गरेको हो । विजेता भएको गण्डकीले एक लाख ५० हजार र दोस्रो भएको पुलिसले एक लाख नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी गण्डकीका रवि केसी घोषित हुनुभयो । उहाँलाई विभिन्न उपहारको साथमा नगद ५ हजार प्रदान गरियो ।

प्रतियोगितामा उत्कृष्ट स्पाईकर गण्डकीका किरण गुरुङ, उत्कृष्ट सेटरमा प्रहरीका अभिषेक थापा, उत्कृष्ट सर्भरमा प्रहरीका कुल बहादुर थापा, उत्कृष्ट डिफेन्डरमा प्रहरीका भिम गाहा मगर, उत्कृष्ट ब्लकरमा गण्डकीका खुम प्रसाद पाण्डे (हरि) र उत्कृष्ट प्रशिक्षकमा गण्डकीका रमेश केसी घोषित हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button