तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताको जीवनमा महसुस हुने गरी काम गर्न प्रदेश सरकार प्रयत्नशील’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी काम गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानको भावनालाई जनजीवनमा महसुस हुने गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

त्यसका लागि संघीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको बताउँदै उहाँले संघ सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरणमा ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button