तपाईँ सुन्दै हुनुहुन्छः

सर्पदंशबाट पाँच बर्षीय बालकको मृत्यु

नेपालगञ्ज । सर्पदंशबाट पाँच बर्षीय बालकको मृत्यु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका-३ उत्तर भकारीका ५ वर्षीय बालक जय थारुको गोमन सर्पको टोकाईबाट मृत्यु भएको हो । जयलाई घरको आँगनमा आज मध्यान्ह गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्‍याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

सर्पदंशबाट वैशाखदेखि उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । वैशाखदेखि भदौ महिनासम्म उपचारका क्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा। आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै पाँच जनाको मृत्यु भएको छ । पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button