आन्दोलन घोषणा गरेका शिक्षकलाई वार्तामा आउन आग्रह
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आन्दोलन घोषणा गरेका शिक्षकहरूलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रले धान्ने र संविधान विपरीत नहुने जायज मागहरू पूरा गर्न सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्री अशोककुमार राईले संसदमा टेबल हुन नपाउँदै शिक्षकहरूले विद्यालय बन्द गरी आन्दोलनमा उत्रिनु उचित नभएको बताउनुभयो ।
त्यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार सम्पूर्ण बालबालिकाले निःशुल्क शिक्षा पाउनुपर्ने बताउनुभयो ।

यस अवसरमा सरकारले २०७९ एसइइको नतिजाका आधारमा सामुदायिक तथा निजी विद्यालयहरूलाई पुरस्कृत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्