सेनाले गरेका कार्य र योगदानको विषयमा गीत

काठमाडौँ I प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय एकताको प्रतीक – वीर नेपाली सेना बोल गीतको विमोचन गर्नुभएको छ ।
गीतमा नेपाली सेनाको परिचय, सेनाले गरेका कार्य र योगदानको विषयमा चर्चा गरिएको छ । जङ्गी अड्डामा भएको विमोचन कार्यक्रममा गीतको समीक्षा गर्दै उपप्राध्यापक हेम भण्डारीले सेनाले गरेका विकास निमार्ण र आपत्–बिपदमा जनतालाई गरेको सहयोगको प्रशंसा गर्दै सङ्गीतको माध्यमबाट पनि सेनाका विषयमा जानकारी दिनु राम्रो कार्य भएको बताउनुभयो ।
आस्था र भरोसाको धरोहर नेपाली सेनालाई विभिन्न कोण बाट आलोचना गर्नु दुःखद भएको गीतकार सुमन सइजुले बताउनुभयो । उपरथी बाबुराम श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।
उपरथी बाबुराम श्रेष्ठको शब्द, गीता पाण्डे, सुभाष तिमसिनाको स्वर, राजेन्द्र बजगाईँको सङ्गीत विशेष पौड्यालको निर्देशनमा रहेको गीतमा दिनेश सुनामले एरेन्ज गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्