तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका कार्यकारी निर्देशक केसीलाई नेपाल विद्याभषूण ‘ख’

९०५ जनालाई नेपाल विद्याभूषण, ४६ जनालाई विद्यापदक

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ ।  शिक्षा मन्त्रालयले विभिन्न विद्याका लागि   यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गर्न लागेको हो । सरकारले  ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गर्न लागेको हो  ।

साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिँदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ । यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रकाशन गरेको सुचीअनुसार रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई नेपाल विद्याभषूण ‘ख’ प्रदान गरिएकाे छ । उहाँलाई २०७४ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट  स्नातकोत्तर तहमा कला सङ्काय अन्तर्गत आमसञ्चार तथा पत्रकारितामा उच्चतम ग्रेड प्वाइन्ट प्राप्त गरी प्रथम हुनुभएकोमा  नेपाल विद्याभषूण ‘ख’ प्रदान गरिएकाे हाे ।

सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button