चन्द्रमालाई अर्ग दिई चौरचन पर्व समापन
सुनसरी । सुनसरी सहित मिथिला क्षेत्रमा चन्द्रमाको आराधना दर्शन गरेर अर्ग दिई चौरचन पर्व समापन भएको छ ।

चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने पर्वको घरमूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर अर्ग दिई समापन भएको हो ।
मधेसी समुदायले आस्था, निष्ठासहित यो पर्वलाई विशेष महत्वका साथ पर्वमा घरमूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिन पूर्व नै व्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ । तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौरचन आज एकैदिन परेको छ ।
भदौ शुक्ल पक्षको चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन र चतुष्कोण यज्ञस्थलमा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर व्रत समापन गर्ने परम्परा छ ।
प्रतिक्रिया राख्नुहोस्