तपाईँ सुन्दै हुनुहुन्छः

मौलाकाली केबलकार पूर्णकालीन सञ्चालनसँगै छुट सुविधा थप

चितवन ।  गैँडाकोटमा सञ्चालित मौलाकाली केबलकार पूर्णकालीन रुपमा सञ्चालनमा आएको छ ।   गत आइतबारदेखि शुरु भएको केबलकारको नियमित मर्मतसम्भार भदौ ३१ गते सकिएको मौलाकाली केबलकार कम्पनीले जानकारी दिएको छ । 

यसअघि अपराह्न दैनिक ३ बजेबाट केबलकारको मर्मतसम्भार हुँदै आएको थियो । आज आश्विन १ गतेदेखि केबलकार पूर्ववत् समय तालिका अनुसार नै सञ्चालन हुने कम्पनीका प्रबन्धक  पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने शनिबार र बिदाका दिनमा बिहान ५ः३० बजेदेखि सञ्चालन हुनेछ । पूर्णकालीन सञ्चालनमा आएसँगै कम्पनीले छुट सुविधा थप गरेको पौडेलले बताउनु भयो  । यसअघि हरेक बुधबार अपराह्न दिउसो २ बजेदेखि ५० प्रतिशत छुट अफर दिँदै आएकोमा असोजदेखि बुधबार पूर्णकालीन समय नै छुट सुविधा दिइने उहाँले बताउनुभयाे ।

ईभिनिङ अफरप्रति आम यात्रुले दर्शाएको सद्भाव र प्रतिक्रिया स्वरूप यो अफर ल्याइएको र यस अफरबाट अझ धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने विश्वास लिएको पौडेलको भनाई छ  । हाल केबलकारको दुईतर्फी साधारण टिकट मूल्य  ५५० कायम गरिएको  छ । यस अफर अन्तर्गत अब यात्रुहरूले  २७५ मै केबलकारको दुईतर्फी यात्रा गर्न पाउनेछन् । 

केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेर केही मिनेट पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार स्थानीयवासीको सहकार्यमा आइएमइ ग्रुपले निर्माण गरेको हो ।

केबलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँसँगै छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ सूर्यास्त भएपछि पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् । केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button