तपाईँ सुन्दै हुनुहुन्छः

सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम  सुनुवाई स्थगित

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा चलिरहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम  सुनुवाई स्थगित भएको छ । 

इजलासबाटै अन्तिम सुनुवाइको पेशी तोकिएपनि क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाईका लागि कुनै पनि इजलासमा पेशी तोकिएको छैन । 

यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले सन्दीपविरुद्धको मुद्दामा थप प्रमाण बुझेर आजका लागि अन्तिम सुनुवाइको पेशी तोक्न आदेश दिएको थियो । 

काठमाडौँ जिल्ला अदालतका अनुसार न्यायाधीश अभावका कारण गोला तान्दा सन्दीपको मुद्दा रहेको फाँटमा गोला नपरेपछि मुद्दा स्थगितको सूचीमा परेको जनाएको छ । 

३५ न्यायाधीशको दरबन्दी रहेको काठमाडौँ जिल्ला अदालतमा आज १६ न्यायाधीश मात्रै उपस्थित हुनुहुन्छ । 

काठमाडौँ जिल्ला अदालतमा २०७९ कात्तिक १४ गते दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसी चढिसकेको छ । 

सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दामा छिटो सुनुवाइ गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि निरन्तर सुनुवाई गर्दै आएको काठमाडौँ जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दामा साउन ३२ गते नै अन्तिम सुनुवाइ गर्ने भनेको भनेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button