तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु 

चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सिमाना क्षेत्रमा मगरटोलका ४२ वर्षीय फगुना महतोको गोहीको आक्रमणबाट मृत्यु भएको हो ।

महतो शनिवार साँझ सात बजे तिर डुंगाघाट क्षेत्रमा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो  । गोहीको आक्रमणबाट महत्तोको हात र खुट्टा खाएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । 

महत्तो साँझ ६ बजेको समयमा माछा मार्न जाँदा गोहीले आक्रमण गरेको तिवारीले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button