तपाईँ सुन्दै हुनुहुन्छः

५० करोड लगानीमा रंगशाला निर्माण सुरु

जुम्ला । जुम्लामा ५० करोड लगानीमा रंगशाला सहितका पूर्वाधार निर्माण सुरु भएको छ ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा रंगशाला सहितका पूर्वाधार निर्माण सुरु भएको हो ।

खेलकुद पूर्वाधार अभावका कारण खेलाडीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै कार्यालयले चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा सुविधायुक्त रंगशाला निर्माण सुरु गरेको हो ।

रंगशाला सहितका संरचना निर्माणको जिम्मा पाएको ‘कविन्द्र निर्माण सेवा’ काठमाडौँले भदौ २३ गतेबाट रंगशाला निर्माणको औपचारिक कार्य सुरु गरेको छ । अहिले ग्राउण्ड स्टकचरको काम भइरहेको छ । ८५ मिटर लामो प्यारापिट निर्माण हुने छ । जसको तल ग्राउण्डमा शौचालय, बाथरुम, माथि सटर र त्यस माथि प्यारापिट हुने निर्माण कम्पनीका प्रतिनिधि तथा इन्जिनियर विरेन्द्र महतोले बताउनुभयो ।

रंगशालाको लम्बाई १ सय ३० मिटर र चौडाई ५५ मिटर रहेको छ । सम्झौता अनुसार रंगशाला २ वर्षमै निर्माण सम्पन्न हुने निर्माण कम्पनीको दाबी छ । सडक कालोपत्रे गर्ने काम भने हाल सुरु भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button