तपाईँ सुन्दै हुनुहुन्छः

तीजमा हुने विकृति, विसङ्गति हटाऔँ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिवर्तित सन्दर्भ अनुसार तीजलाई भड्किलो नबनाई महिला सशक्तीकरण र समाज रूपान्तरणमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

file photo

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति महिला विभागले आयोजना गरेको तिज विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले तीजलाई संस्कृति संरक्षणसँगै सामाजिक रूपान्तरणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले आफ्ना दुःखसुखको गीतसँगै सामाजिक रुपान्तरणको गीत गाउने दिनका रुपमा तीजलाई स्थापित गर्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले पछिल्लो समय तीजका नाममा विकृति, विसङ्गति बढ्दै गएको भन्दै यस्ता विकृति र विसङ्गति क्रान्तिकारी महिलाहरूले चिर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री शर्माले राज्यमा भएका परिवर्तन र वर्तमान सरकारले गरेका राम्रा कामहरू जनतासँग पुर्‍याउन यस्ता अवसरले विशेष भूमिका खेल्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button