बिक्रीका लागि तयार भएको केरामा रोग फैलिएपछि किसान चिन्तामा
नवलपरासी ।घरी लागेको केराको बोट नै सुक्न थालेपछि यतिबेला पश्चिम् नवलपरासीका केरा उत्पादक किसान चिन्तित बनेका छन् ।बजार,मूल्य देखि विविध समस्यामा थलिएका यहाँका किसान केरामा रोगको प्रकोप फैलिएपछि झन निरास बनेका हुन ।
रोग फैलिएपछि किसानले कृषि ज्ञानकेन्द्र र स्थानीयतहसँग प्रकोप नियन्त्रणकालागी हार गुहार गरिरहेका छन् ।जिल्लाको सुस्ता र प्रतापुर गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा चिनिन्छ।तर विविध समस्याले केरा उत्पादक किसानलाई उत्पादनको प्रतिफल लिन सधैँ कठिनाइ झेल्नु परेको छ ।
अहिले केरामा “ब्ल्याक सिगाटोका”रोग फैलिएका कारण केराको बोट सुक्न थालेपछि किसान थप मर्कामा परेको उनीहरूको गुनासो छ।”बजार पठाउन तयारी अवस्थामा रहेको केरा बोट नै सुकेर झर्न थालेको छ,रोग नियन्त्रणका लागि प्राविधिक सहयोग मागिरहेका छौ”केरा उत्पादक संघका जिल्ला अध्यक्ष लक्खु यादवले भन्नुभयो।
रोग नियन्त्रणका लागि किसान आफैले बिषादि छर्किने लगायतका अन्य उपायहरू अपनाइरहेका छन् ।रोगको प्रकोप नियन्त्रण नहुँदा करिब दुई सय बिगाहामा लगाएको केरा खेतीमा क्षति पुगेको किसानको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्