तपाईँ सुन्दै हुनुहुन्छः

थारु समुदायले मान्ने अत्तवारी पर्वको अवसरमा ३ जिल्लामा सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अत्तवारीको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

लुम्बिनी प्रदेश सरकारको २०७९ चैत १७ को निर्णय अनुसार लुम्बिनी प्रदेश क्षेत्रमा थारु समुदायहरूको चाडको अवसरमा दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा बिदा दिइने लागेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । 

लुम्बिनी प्रदेश सरकारले विज्ञप्ति जारी गर्दै   ‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ, भनेर जानकारी दिएको छ। 

प्रदेश सरकारका अधिकृत माधव शर्माले आज एक  विज्ञप्तिमा जारी गरि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button