तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र नेपाल टेलिकमबीच सूचना, सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ I रेडियो नेपाल र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच रेडियो नेपालको केन्द्रीय र प्रादेशिक प्रसारण कार्यालयहरूबाट विभिन्न व्यावसायिक तथा सूचना, सन्देश प्रसारण गर्ने सम्झौता भएको छ ।

नेपाल टेलिकम र रेडियो नेपालबीच २०८० भदौ  १५ गते भएको सम्झौतामा रेडियो नेपाल केन्द्रीय प्रसारणको विभिन्न समय र प्रादेशिक प्रसारण कार्यालय धनकुटा, बर्दिबास, काठमाडौँ, पोखरा, दाङ र दिपायल मार्फत स्थानीय भाषामा टेलिकमका सूचना सन्देश प्रसारण हुने उल्लेख छ । 

सम्झौता अनुसार प्रादेशिक प्रसारण केन्द्रहरू मार्फत विभिन्न १७ वटा स्थानीय भाषामा सन्देश प्रसारण हुने भएको हो ।

यस्तै नेपाल टेलिकमको प्राविधिक सेवा विस्तार सम्बन्धी उपलब्ध सूचना तथा सन्देश पनि रेडियो नेपालका प्रसारण केन्द्रहरू मार्फत प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button