सार्वजनिक जग्गाको भवन महानगरले खाली गरायो
भरतपुर I प्रसूति गृह चलाउन लायन्स क्लब अफ नारायणगढ चितवनले लिएको सार्वजनिक जग्गामा बालकुमारी कलेजले नर्सिङ कक्षा सञ्चालन गरेपछि भरतपुर महानगरपालिकाले खाली गराएको छ ।
आज (आइतबार) नगरप्रहरी र सुरक्षाकर्मीसहित पुगेको महानगरपालिकाको टोलीले भरतपुर महानगरपालिका ३ स्थित नगरबनमा बनेको भवन खाली गराएको हो । प्रसूति गृह सञ्चालनका लागि महानगरपालिकाले दिएको डेढ बिघा जग्गा व्यापारिक लाभमा प्रयोग भएपछि महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास थापाले बताउनुभयो ।
उहाँका अनुसार २०५८ सालमा तत्कालिन कार्यपालिकाको निर्णयबाट प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब आफ नारायणगढ चितवनलाई जग्गा उपलब्ध गराएको थियो । त्यसको दुई वर्षपछि लायन्स क्लबले बालकुमारी कलेजलाई भोगचलनका लागि दिएको उहाँले जानकारी दिनुभयो ।
कलेजले सो भवनमा नर्सिङका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । महानगरपालिकाले दिएको जग्गामा उद्देश्यभन्दा बाहिर गएर व्यापारिक लाभको काम भएपछि बाध्य भएर खाली गराउनुपरेको वडाध्यक्ष थापाले बताउनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्