तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम ल्याउँदै

दाङ ।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । बैठकबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव पुन मगरले जानकारी दिनुभयो ।

‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित घोषणा गर्दै विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने केही नयाँ कार्यक्रम थप्ने तयारी गरेको छ।

सरकारले नारालाई पुष्टि गर्न स्थानीय उत्पादनमा जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदै छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित गरिएको बताउनुभयो । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button