तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीय निजामती सेवा ऐन यसै अधिवेशनबाट जारी हुन्छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती कर्मचारी सेवा ऐन यसै अधिवेशनबाट ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीको आदेशअनुसार दिनरात खटेर सरोकारवाला सबै पक्षसँग गरिएको चरणबद्ध छलफलबाट प्राप्त राय सुझावलाई समेत समेटेर तयार गरिएको निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित हुने बताउनुभयो ।

कर्मचारीको सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, सुशासन कायम गर्ने क्रममा आफूले ठूलो सफलता प्राप्त गरेको जानकारी दिँदै मन्त्री मोदीले व्यापक दबाबका बाबजुद पालिकाको प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनमा पनि उल्लेख्य सफलता प्राप्त गरेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले कर्मचारीको सरुवा तथा पदस्थापना र सूचनाको हकसम्बन्धी अनावश्यक निवेदन र उजुरीका कारण मन्त्रालयको कामकाज प्रभावित हुने गरेको उल्लेख गर्दै स्पष्ट मापदण्ड र कार्ययोजनासहित जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रालय सफल भएको धारणा व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका प्रवक्ता कमल भट्टराईले कर्मचारी सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, दिगो विकाससहित सुशासन कायम गर्न मन्त्रालय परिवार एकजुट रहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button