तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा जारी टि–२० क्रिकेट : सुदूरपश्चिम र बागमतीको जीत

जनकपुरधाम । जनकपुरधाममा जारी महेन्द्रनारायण निधि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र बागमती प्रदेश विजयी भएका छन् ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा कोशी प्रदेशलाई सुदूरपश्चिम प्रदेशले ४ विकेटले पराजित गर्‍यो ।

सुरुमा ब्याटिङ गरेको कोशी प्रदेशले ९ विकेटको क्षतिमा ९४ रन बनाएका थियो ।

दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १ रनको रोमाञ्चक जित निकाल्यो ।

सुरुमा ब्याटिङ गरेको बागमती प्रदेशले ८ विकेट गुमाउँदै ११८ रनको स्कोर खडा गरेको थियो । प्रतिउत्तरमा ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशबिच फाइनल खेल हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button