तपाईँ सुन्दै हुनुहुन्छः

हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

काठमाडौँ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । 

उनीहरूले फिसिङको माध्यमाबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याएर  विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो । 

टिकेटिङ प्रणाली ह्याक गरी अनधिकृत रुपमा टिकट काटिएका संस्थाबाट  उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले  तीनवटा संस्थाले त्यसरी ब्युरोमा उजुरी दिएको उल्लेख गर्दै  ब्युरोले त्यस्ता घटनामा सचेत हुन सेवा प्रदायक कम्पनी तथा आम नागरिकलाई  पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन  संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button