तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बैङ्क दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैङ्क दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज  शिष्टाचार भेट गर्नु भएको छ ।

भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरू, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नुभयो । 

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै अर्थ मन्त्री महतले  कोभिड १९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भएपनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिड पश्चात् पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको बताउनुभयो ।

भेटमा  बैंकका उपाध्यक्ष मार्टिनले खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा जोड दिनुभयो । 

भेटमा विश्व बैङ्कका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोसलगायत विश्व बैङ्क तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button