तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : बजेटमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । 

बैठकको शुन्य समयमा सहभागी हुँदै सांसदहरुले भारत स्थित रहेको नेपाली राजदूतावास लगायत विभिन्न देशमा रहेको राजदूतावासको नाम सुधार गर्नुपर्ने, जिल्ला निर्वाचन खारेज नगर्न, नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन हुनुपर्ने, अस्पतालहरूमा बिरामीहरूसँगै कुरुवाको बस्ने व्यवस्था मिलाउनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

यस्तै बैठकमा सांसदहरुले सरकारले भारतमा भूकोट हाइड्रोपावरको भएको सम्झौता खारेज गर्नुपर्ने, विपद जोखिम न्यूनीकरणको पूर्व तयारी गर्नुपर्ने, हेटौडा सिमेन्ट उद्योगलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीहरू सेवानिवृत भएपछि पाउने सुविधाहरू उपलब्ध गराउनुपर्ने, मुलुकका विभिन्न स्थानमा खडेरी र बढ्दो तापक्रमले सर्वसाधारणहरूको जीवन अस्तव्यस्त बनेकाले राहत र उद्धारको व्यवस्था गर्नुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरुले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button