तपाईँ सुन्दै हुनुहुन्छः

सुर्मा गाउँपालिका-४ का वडा अध्यक्ष बोहराको मृत्यु

बझाङ।बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सर्जन बहादुर बोहराको मृत्यु भएको छ ।

३८ वर्षीय वडाअध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा मृत्यु भएको उहाँका भाइ राजेन्द्र बहादुर बोहोराले जानकारी दिनुभयो । पहिले देखि नै मुटु सम्बन्धि रोगबाट पीडित बोहरालाई कहिदिन अघि उपचारको लागि नेपालगञ्ज लगिएकोमा स्वास्थ्यमा सुधार नभएपछि घर ल्याइएको थियो ।

उहाँ २०७९ साल वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button