तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली मौलिक लोकबाजा प्रशिक्षण

काठमाडौं ।जनसांस्कृतिक प्रतिष्ठान, नेपालको आयोजना र काठमाडौँ महानगरपालिकाको सहकार्यमा दुईहप्ते नेपाली मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा बाँसुरी, सनई, खैँजडी, मादल, टुङ्ना, खिँ, ढोलक, धिमेलगायत १० बाजामा नयाँ पुस्तादेखि ज्येष्ठ नागरिकसम्मलाई प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा अशोक राई, भरत नेपाली, भरत बुढाथोकी, नरेश प्रजापति, गोपालदेव धतानी, छेवाङ तेञ्जिङ लामा र धनबहादुर गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

उक्त प्रशिक्षणको समापन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई, प्रतिष्ठानका अध्यक्ष प्रेमनाथ अधिकारी र महानगरपालिकाको वडा नं २८ का अध्यक्ष भाइराम खड्गी प्रकाशले संयुक्तरूपमा प्रमाणपत्र वितरण गर्नुभयो ।

अध्यक्ष अधिकारीले लोप हुन लागेका मौलिक बाजाको संरक्षण र जगेर्नाका लागि यस्ता कार्यक्रम नियमितरूपमा सञ्चालन गर्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button