तपाईँ सुन्दै हुनुहुन्छः

खप्तडमा आध्यात्मिक सम्मेलन आजबाट सुरु

बझाङ।सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचार प्रसारको लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आजबाट सुरु भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव बाबा, बालकृष्ण आचार्य लगायतको टोली हरिदारबाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलनको प्रमुख आकर्षण रहेको छ।

यसका साथै सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल शाहको पनि सम्बोधन हुने भएको छ।२३गते देखि २५गते सम्म हुने यस आध्यात्मिक सम्मेलनमा हरिदारबाट योग पतन्जलिका भक्तहरू विभिन्न जिल्लाका योग सादकहरु, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ।

सम्मेलनमा आउने भक्तजनहरूका लागि सुदूरपश्चिम प्रदेश सरकार खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र खप्तड पर्यटन बोर्डले खाना बस्नको लागि व्यवस्थापन गरेको छ। सम्मेलनको उद्घाटनमा स्थानीय कलाकार सहित सुदूरपश्चिम लोक संस्कृतिलाई झल्काउने केही प्रस्तुति पनि राखिने भएको हाे। यो सम्मेलनले खप्तड पर्यटन प्रवद्र्धन लागि ठूलो मद्दत पुग्ने खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देशक भिम खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button