तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई

कास्की । गण्डकी प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार पोखरा रङ्गशालामा सम्पन्न फाइनलमा कास्कीले नवलपुरलाई १८ रनले पराजित गरेको हो । उपाधिसँगै कास्कीले ट्रफीका साथ नगद १ लाख हात पारेको छ भने उपविजेता नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ ।

गत जेठ १४ गतेबाट सुरु भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडेल घोषित हुनुभएको छ । उहाँले ट्रफीसहित नगद ४ हजार प्राप्त गर्नुभयो । उहाँ नै वेस्ट बलर समेत घोषित हुनुभयो ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button