तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

जनकपुरधाम । यही जेठ ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जनकपुरधाममा हुने धार्मिक भ्रमणको क्रममा नागरिक अभिनन्दन गरिने भएको छ ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको अगुवाइमा जनकपुरधामको उद्योग वाणिज्य सङ्घको राजर्षि जनक सभा हलमा भएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेललाई जनकपुरधामको तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गर्ने निर्णय भएको हो ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएकाले उहाँलाई नागरिक अभिनन्दन गर्न लागिएको नेता निधिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button