तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा जारी टि–२०ः कर्णाली र सुदूरपश्चिम विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दुई खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आज बिहान भएको खेलमा लुम्बिनी प्रदेश विजयी भयो । लुम्बिनीले कर्णाली प्रदेशलाई ३३ रनले पराजित गरेको हो ।

दोस्रो खेलमा मधेश प्रदेशलाई सुदूरपश्चिम प्रदेशले ४ विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको मधेश प्रदेशले ७ विकेटको क्षतिमा १०५ रनको योगफल बनाएको थियो ।

१०६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले १८ ओभरमा ४ विकेट बाँकी छदै १०८ रन बनाउँदै विजयी भयो । सुदूर पश्चिमका दिपक बोहोराले ४५ बलमा ४१ रन बनाएर टिमलाई जित तर्फ डोर्‍याएका थिए ।

मधेश प्रदेशले खेलेको पाँच खेलमा ४ खेल जितेको छ भने आजको खेलमा पहिलो पटक हारको सामना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button