तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूद्वारा १५ बिघा क्षेत्रफलमा केरा खेतीको सुरुवात

बारा । जीतपुरसिमरा उपमहानगरपालिका ११ का युवाहरूले १५ बिघा क्षेत्रफलमा केरा खेती सुरु गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केरा पकेट कार्यक्रम अन्तर्गत केरा खेती सुरु गरिएको प्रगतिशील केरा पकेट सञ्चालक समन्वय समितिका अध्यक्ष सन्तोष यादवले जानकारी दिनुभयो । करिब २४ लाखको लागतमा सुरु गरिएको केरा खेतीमा ५० प्रतिशत अनुदान जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदान गर्नेछ ।

१५ बिघा क्षेत्रफलमा ३० हजार बिरुवा लगाउने योजना रहेको छ । एउटा केराको बिरुवालाई फल लिने बनाउन लागत रु २७० देखि २ सय ७५ सम्म पर्ने गर्दछ । जसबाट प्रतिफल स्वरूप प्रत्येक बिरुवा रु ८ सय देखि १ हजारसम्म लिन सक्ने युवाहरू बताउँछन् ।

राम्रो प्रतिफल आए ४ वर्षमा ४० बिघा क्षेत्रफलमा केरा खेती गर्ने योजना रहेको केरा पकेट सञ्चालक समन्वय समितिका अध्यक्ष सन्तोष यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button