तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका ७ जना ओलम्पियन मध्ये ६ जना पोखरामा 

पोखरा । गण्डकी प्रदेशका ७ जना ओलम्पिनहरु मध्ये ६ जना पोखरामा ओलम्पियनहरुको भेलामा सहभागी हुनुभएको छ । 

नेपाल ओलम्पियन्स सङ्घको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन कार्यक्रममा सहभागी हुन प्रदेशका ६ जना ओलम्पियनहरु सहभागी हुनुभएको संघका सदस्य भगवती खत्रीले बताउनुभयो । 

नारायण गुरुङ बाहेक प्रदेशका ६ जना ओलम्पियनहरु पोखरा आइसकेको सङ्घले जनाएको छ । 

गण्डकी प्रदेशबाट सहभागी टिका बोगटी एथलेटिक्सबाट २ वटा ओलम्पिकमा सहभागी हुनुभएको छ । उहाँले १९८८ दक्षिण कोरियाको सिओल र १९९६ को अमेरिकाको एट्लान्ट ओलम्पिकमा सहभागी हुनु भएको हो । 

त्यसैगरी कास्कीका तेक्वान्दो खेलका खेलाडी नारायण गुरुङ स्पेनको बार्षिलोनामा भएको ओलम्पिकमा सन १९९२ मा सहभागी हुनुभएको थियो । विशेष कारणले गर्दा गुरुङ पोखरामा यसपाली सहभागी हुन सक्नुभएन । 

त्यसैगरी गण्डकी प्रदेशका ऋषिराम प्रधान सन १९८८ को सिओल ओलम्पिकमा सहभागी हुनु भएको थियो । गोर्खाका प्रधान जुडो खेलबाट ओलम्पिकमा सहभागी हुनु भएको हो । 

गण्डकीका सिताराम शाही सन १९९६ को अमेरिकाको एट्लान्ट ओलम्पिकमा सहभागी हुनु भयो । तनहुँका शाही पौडी(स्विमिङ) खेलका खेलाडी हुनुहुन्छ । 

त्यस्तै सन २००० मा अष्टे«लियाको सिड्नी ओलम्पिकमा गण्डकी प्रदेशबाट भगवती खत्रीसहित ज्ञानबहादुर बोहरा सहभागी हुनुभएको थियो । 

बागलुङकी खत्री सुटिङ र गोर्खाका बोहरा भने एथलेटिक्सबाट ओलम्पिकमा सहभागी हुनुभएको हो । 

त्यस्तै, गण्डकीका अर्को राजेन्द्र भण्डारी २००४ को ग्रिसको एथेन्स ओलम्पिकमा सहभागी हुनु भएको थियो । तनहुँका भण्डारी एथलेटिक्सबाट ओलम्पिकमा सहभागी हुनु भएको हो । ११ औँ साफमा नेपालको लागि स्वर्ण पदक दिलाउने खेलाडी हुनुहुन्छ । 

गोर्खा जिल्लाका ३ जना ओलम्पियनहरु समेत पोखरामा सहभागी हुने अवसर जुटेको छ । गोर्खा २ का ३ जना ओलम्पियनहरु पहिलो पटक पोखरामा सहभागी हुने अवसर मिलेको ओलम्पियन ज्ञान बहादुर बोहराले बताउनुभयो । आफूसहित टिका बोगटी र ऋषिराम प्रधान एउटै वडाबाट ओलम्पिकमा सहभागी भएको उहाँले हामीलाई बताउनुभयो । 

गोर्खा जिल्लामा प्रशिक्षक अभावले गर्दा आफूहरूले राखेको साख जोगाउन अब निकै चुनौती रहेको ओलम्पियन बोहराले बताउनुभयो । आफ्नो गाउँ तथा वडामा फुटबल, भलिबल खेलमा मात्र रुचि भएकोले अन्य खेलमा समेत चासो नभएको उहाँको भनाई थियो । गोर्खा जिल्लामा समेत ओलम्पिक खेलमा सहभागी ३ जना एउटै वडाका ओलम्पियनहरुको बारेमा अनविज्ञ भएको उहाँको गुनासो गर्नुभयो । 

नेपाल ओलम्पियन्स सङ्घको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक नेपालका ओलिम्पियनहरुको सहभागी भएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button