अत्यधिक गर्मीका कारण भरतपुर महानगरपालिकाका विद्यालय ६ दिन बन्द

चितवन । चितवनका सात पालिका मध्ये ६ वटा पालिकाका सबै विद्यालय अत्यधिक गर्मीका कारण बन्द गरेसँगै भरतपुर महानगरपालिकामा पर्ने सामुदायिक तथा संस्थागत विद्यालय ६ दिनका लागि बन्द भएका हुन् ।
भरतपुर महानगरपालिकाले शुक्रबार एक सूचना जारी गरी (आइतबार)देखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मीका कारण वर्षे बिदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधि , अभिभावक तथा सरोकारवालाहरूको सुझावका आधारमा साउनको अन्तिम साता हुने बर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्