तपाईँ सुन्दै हुनुहुन्छः

भारतको उडिसामा भयानक रेल दुर्घटना : कम्तीमा पनि २३३ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने उडिसा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी कम्तिमा पनि २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।

भारतीय रेलवेलेका अनुआर कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा ठोक्किएका थिए ।
शुक्रबार बेलुका ७ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

हावडा जाँदै गरेको बेंगलुरु(हावडा ट्रेनका धेरै डिब्बा बालासोर जिल्लाको बहनागा बजारमा पटरीबाट खसेको अधिकारीहरुले जनाएका छन् । त्यसपछि, शालिमार(चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको रेलसँग ठोक्किएको थियो र कोरोमण्डल एक्सप्रेसका डिब्बा पनि पल्टिएको अधिकारीहरुले जनाएका छन् । त्यसपछि एउटा मालगाडी कोरोमण्डल एक्सप्रेसका केही पटरीबाट खसेका कोचहरूसँग ठोक्किन गएको अधिकारीले भनेका छन् ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।
यसका साथै उहाँले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

त्यस्तै, उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गर्नुभएको छ ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उडिसा रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उडिसाको बालासोर जिल्लामा भएको रेल दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले रेल दुर्घटनामा परी ज्यान गुमाएकाका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष बाट ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button