तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

मकवानपुर । हेटौँडामा जारी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लबबिच भिडन्त हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै नेपाल आर्मी र गण्डकी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्‍यो ।

दोस्रो सेमिफाइनल खेलमा खेलमा एपीएफले गण्डकीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै आर्मीसँगको भेट पक्का गर्‍यो । पहिला दुई सेट पराजित भए पनि पछिल्ला ३ सेट लगातार जित्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button