तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रम पारित

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

नीति तथा कार्यक्रममाथि जेठ १७ गतेदेखि १९ गतेसम्म तीन दिन लगातार छलफल गर्दै ८१ प्रदेशसभा सदस्यले सरकारलाई मार्ग निर्देशनसहित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

file photo

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले छलफलमा उठेका विभिन्न प्रश्नको जवाफ दिनुहुँदै आगामी आवको बजेटमा सबै सदस्यको सुझावलाई समेटिने बताउनुभयो ।

उहाँले सरकारको आगामी आवको नीति तथा कार्यक्रम जनमुखी, जनताप्रति जबाफदेही बोध गर्ने खालको तर्जुमा गरिएको र त्यसलाई प्रदेशको १३ वटै जिल्लामा क्रमशः स्रोतसाधन परिचालन गरी कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्य मधुसूदनप्रसाद पौडेल, एकालाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरेन्द्रराज गोरसाईं र सिर्जना सैजूले नीति तथा कार्यक्रममाथि राख्नुभएको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button