तपाईँ सुन्दै हुनुहुन्छः

आगामी वर्षको बजेट उत्पादनमा केन्द्रित गछौँ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक बजेट उत्पादन वृद्धिमा केन्द्रित गर्ने बताउनुभएको छ ।

सरकारको नीति कार्यक्रम तथा बजेटका विषयमा आज पोखरामा सञ्चारकर्मीसँगको छलफलमा उहाँले साधन स्रोत सीमित भएकाले धेरै उत्साहित हुने अवस्था नरहे पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै जनताका विकास निर्माणका चाहना पूरा गरिने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिने योजना रहेको सुनाउनुभयो । सरकारले आगामी वर्ष सडक, खानेपानी, सिँचाइ लगायत पूर्वाधार निर्माणतर्फ बजेटको सिलिङ तोकेर लगानी गर्ने र खुद्रा योजनामा बजेट खर्च नगरिने उहाँले स्पष्ट पार्नुभयो ।

सांसद विकासलाई कोषलाई निरन्तरता दिने कि नदिने भन्ने बारेमा सत्तापक्ष र प्रतिपक्ष सबैसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले सञ्चार विधेयक छिटो ल्याउन माग गर्नुभयो । सञ्चार माध्यमको दर्ता, नवीकरण लगायतका कार्य प्रदेशमै हुने व्यवस्था गर्न उहाँको आग्रह थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button