तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा मन्त्री बस्नेतको जोड

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले निजी तथा सरकारी अस्पतालमा अनुगमनलाई तीव्रता दिइएको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले निजी तथा सरकारी अस्पतालमा भएका बेथिति र विसंगतिहरुलाई न्यूनीकरणका गर्न आफूहरू लागिपरेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापकीय पक्षमा सुधार गर्दै लैजाने, स्वास्थ्य सेवा व्यवस्थित बनाउनका लागि आन्तरिक कमीकमजोरी सुधार गर्नुपर्ने र जनतालाई स्वास्थ्य सेवामा सरल, सुलभ र छिटोछरितो सेवा प्रदान गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा स्वास्थ्यमन्त्री बस्नेतले जोड दिनुभयो ।

अस्पतालमा बिरामीहरूको राम्रो उपचार र व्यवस्थापन हुन नसकेको र उपलब्ध श्रोत, साधन तथा दक्ष जनशक्तिको परिचालन राम्रोसँग हुन नसकेका कारण सर्वसाधारणले दुःख पाएकोले यस्ता समस्या न्यूनीकरण गर्न सुधारका कार्य सुरुवात गरिएको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो ।

अस्पतालमा लामबद्ध भएर टिकट काट्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अन्त्यका लागि अनलाइनबाट टिकटको व्यवस्थाको मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको जानकारी उहाँले दिनुभयो ।

वीर अस्पतालमा दिनहुँजसो बिरामीको चाप बढ्दै गएपछि थप बेड नपाएर उपचार गर्न कठिनाइ हुने गरेको समस्या समाधान गर्न आकस्मिक सेवामा १० वटा बेड व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button