तपाईँ सुन्दै हुनुहुन्छः

कृषि ऐन ल्याउन सरकारलाई सिफारिस

काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले तत्काल कृषि ऐन बनाएर कृषि व्यवसायलाई समृद्ध बनाउन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले आज ललितपुरमा पत्रकार सम्मेलन गरी नेपालमै रासायनिक तथा प्राङ्गारिक मल कारखाना स्थापना गर्न पनि सरकारलाई सुझाव दिइएको आयोगले जनाएको छ ।

आयोगले किसानको वर्गीकरण गर्न, किसानहरूलाई सहुलियत रुपमा कर्जा तथा औजारहरू उपलब्ध गराउन, कृषि कर्म गर्न घर फर्क जस्ता कार्यक्रम लागु गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत रैथाने बीउ, बिरुवाको प्रवर्द्धन, वैदेशिक कृषि प्रवर्द्धन, नश्ल जातिको अध्ययन लगायतमा सुझाव दिइएको जानकारी दिनुभयो.।

प्रतिक्रिया राख्नुहोस्

Back to top button