तपाईँ सुन्दै हुनुहुन्छः

१९ औँ एसियाली खेलकुद व्यवस्थापनका लागि सचिवालय स्थापना

काठमाडौँ । चीनको होङझावमा आयोजना हुने १९ औँ एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि सचिवालय स्थापना गरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा १९ औँ एसियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार आगामी असोज ६ गतेबाट सुरु हुने १९ औँ एसियाली खेलकुदको सचिवालय उद्घाटन गर्नुभयो ।

सचिवालयको उद्घाटन गर्दै मन्त्री लिम्बूले एसियन गेम्समा नतिजा निस्कने गरी काम गर्न निर्देशन दिनुभयो । नतिजा निकाल्न एकजुट भएर काम गर्न मन्त्री लिम्बूले आग्रह समेत गर्नुभयो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले एसियन गेम्सको तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी गराउनुभयो ।

साउन १ देखि भदौ १ सम्म खेलाडीको क्लोज क्याम्प राखिनेछ । एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button