एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को मध्यान्ह १२ बजेदेखि सुरु भएको सचिवालय बैठक जारी छ ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकले पार्टीको वार्षिक कार्य योजनालाई अन्तिम रूप दिँदै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने जनाइएको छ ।
बैठकले वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकको कार्य योजनालाई अन्तिम रूप दिन लागेको हो ।
पार्टी केन्द्रीय कमिटीको बैठकले वार्षिक कार्ययोजना बनाएर केन्द्रीय नेताहरूलाई कार्यक्षेत्रमा खटाउने निर्णय गरेको थियो ।
गत फागुनदेखि वैशाखसम्म चलेको ‘मिसन ग्रासरूट’ अभियानमा थप एक वर्षसम्म केन्द्रीय सदस्यहरूलाई त्यसैगरी परिचालन गर्ने केन्द्रीय कमिटीको निष्कर्ष थियो ।
प्रतिक्रिया राख्नुहोस्