तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरोको ठक्करबाट रामग्राममा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा सवारी दुर्घटनामा हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

रामग्राम नगरपालिका–१० मन्झरिया चोक नजिकै हुलाकी सडक खण्डअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ७० प ४०४५ नम्बरको मोटरसाइकललाई लु १ च ६७९९ नम्बरको बोलेरोले ठक्कर दिँदा मोटरसाइकलमा सवार रामग्राम १६ बस्ने बर्ष ३३ का केशवप्रसाद यादवको उपचारका क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते सोही ठाउँ निवासी अन्य २ जना बर्ष ३० का ईन्दल चौधरीलाई भैरहवा मेडिकल कलेज र बर्ष ३५ का नेम नारायण चौधरीलाई काठमाडौँ रिफर गरिएको डिएसपि भोजराज पाण्डेले जानकारी दिनुभयो।

गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button