तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नवलपरासीमा गर्मीका कारण जनजीवन प्रभावित

नवलपरासी । पश्चिम नवलपरासीमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । 

तातो हावा र चर्को घामका कारण आम सर्वसाधारणलाई दैनिक काम काज गर्न र हिँडडुल गर्न निकै असहज बनेको छ।

गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरहरूलाई प्रभावित पारेको छ । अत्यावश्यक काम बाहेक सर्वसाधारणबाहिर निस्किएका छैनन् । 

परासी क्षेत्रको तापक्रम ४० देखि ४३ डिग्री तापक्रम मापन भएको छ । यो तापमान अहिलेसम्मकै उच्च रहेको र जनजीवन प्रभावित भएको छ। तापक्रम बढेर पठनपाठनमा समस्या भएपछि जिल्लाको सुनवल नगरपालिका  र बर्दघाट नगरपालिकाले एक हप्ताका लागि गर्मी बिदा दिएको छ भने अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् । पानी नपर्दा किसानले लगायतका बेमौसमी बाली, तरकारीहरू समेत सुक्न थालेपछि किसान थप चिन्तामा परेका छन् ।

दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकको सुझाव छ ।

गर्मी छल्ने बहानामा धेरै जसो पेय पदार्थ नपिउन र शुद्ध पानी प्रशस्त पिउन चिकित्सकहरूले सल्लाह दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button