तपाईँ सुन्दै हुनुहुन्छः

म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

नोमपेन ।  म्यान्माका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । 

मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम  आज प्रदान गरिएको विदेश मन्त्रालयले जनाएको छ । 

म्यान्मा सरकारले चक्रवात मोचाबाट प्रभावित भएकाहरूका निम्ति जारी राखेको सहायता कार्यक्रममा थप सहयोग गर्न मानवीय सहायता स्वरूप उक्त रकम प्रदान गरिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

चक्रवात मोचाबाट म्यान्माको रखाइन राज्यमा सयौँले ज्यान गुमाएका छन्भने भौतिक पूर्वाधारमा व्यापक क्षति भएको छ । 

सहायता रकम कम्बोडियाका लागि म्यान्माका राजदूतलाई  विदेश मन्त्रालयमा हस्तान्तरण गरिएको हो । चक्रवाताका काण म्यान्मामा भएको जनधनको क्षतिप्रति कम्बोडियाले गहिरो दुःख व्यक्त गरेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button