तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक जारी 

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक ललितपुरस्थित पार्टी मुख्यालय च्यासल अहिले जारी छ । 

आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने एजेण्डा रहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सचिवालयले गत वैशाख २८ र ३० को केन्द्रीय कमिटीको कार्य योजनालाई अन्तिम रूप दिनेछ।

केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरेअनुसार केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button