तपाईँ सुन्दै हुनुहुन्छः

साउदी अरबको मक्का मदिनातर्फ प्रस्थान गर्नुभएका हजयात्रीहरुकाे बिदाई

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको मक्का मदिनातर्फ प्रस्थान गर्नुभएका हजयात्रीहरुलाई बिदाइ गर्नुभएको छ । 

नेपाली मुस्लिम धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल मक्का मदिनातर्फ प्रस्थान गर्नुभएका हजयात्रीहरुलाई बिहीबार रात्रि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा पुगी उनीहरुलाई उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बिदाइ गर्नुभएको हो । 

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबको मक्का मदिनाका लागि पहिलो चरणमा २ सय ६६ जना हजयात्रीहरुलाई नेपालको झण्डा र खादा लगाएर सफल यात्राको कामना गर्नुभएको थियो ।

नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्नका लागि १ हजार १ सय ८० जना हजयात्रीहरु प्रस्थान गर्ने नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँले जानकारी दिनुभयो । 

जेठ १८ गतेदेखि २४ गतेसम्म हजयात्रीहरु साउदी अरबको मक्का मदिनातर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको कार्यवाहक अध्यक्ष मियाँले बताउनुभयो । मक्का मदिनाबाट करिब डेढ महिनापछि उनीहरू स्वदेश फर्किनुहुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button