तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम धर्मावलम्वीहरु मक्का मदिना जान सुरु

काठमाडौँ । नेपाली मुस्लिम धर्मावलम्वीहरु हज गर्नका लागि साउदी अरबको पवित्र तीर्थस्थल आजबाट मक्का मदिना जान सुरु गरेका छन् ।

नेपाल हज समिति काठमाडौँ सचिवालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबको मक्का मदिनाका लागि पहिलो चरणमा २ सय ६६ जना हजयात्री जान लागेका हुन् ।

साउदी अरबको मक्का मदिनामा नेपालबाट १ हजार १ सय २० जना हजयात्रीहरु हज गर्नका लागि मक्का मदिना जाने हज समितिको सचिवालयले कार्यतालिकामा उल्लेख गरिएको छ ।

कपिलवस्तुबाट १९१, कैलाली २, सुर्खेत १, बर्दिया ५, दाङ ३, अर्घाखाँची ८, नवलपरासी ९, पाल्पा १, स्याङ्जा ६, कास्की ५, गोरखा २३, चितवन २, तनहुँ ३, रुपन्देही ३ र नुवाकोट ४ गरी २ सय ६६ जना हजहात्री पहिलो चरणमा साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने कार्यतालिका रहेको सचिवालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

जेठ १९ गते शुक्रवार बाँकेबाट १३६ र रुपन्देही १०४ गरी २४० जना, जेठ २० गते शनिवार रौतहटबाट ९५ र बारा २७ गरी १२२ जना र जेठ २२ गते सोमवार काठमाडौँबाट ३४, पर्सा २६, सर्लाही ३९ र धनुषा ३३ गरि १३२ जना हजयात्रीहरु प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

त्यसैगरी जेठ २३ गते मङ्गलवार झापाबाट १०, मोरङ २२, सुनसरी १८४ र सप्तरी ७२ गरि २८८ जना र जेठ २४ गते बुधवार महोत्तरीबाट ४१, सिराहा २७, सप्तरी २ र बाँके २ गरी ७२ जना हजयात्रीहरु साउदी अरबको मक्का मदिना जाने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button